Section 29J
अनुगमन सम्बन्धी व्यवस्था
(१) यस परिच्छेद बमोजिमको काम कारबाही प्रभावकारी रुपमा भए नभएको सम्बन्धमा समग्र अनुगमन तथा मूल्याङ्कन राष्ट्रिय समन्वय समितिले गर्नेछ । (२) सम्बन्धित निकायले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रुपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित मन्त्रालयले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ । (३) सूचक संस्थाले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रुपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित नियमनकारी निकायले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ । (४) यस दफा बमोजिमको अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।